देशभर थप १३ सय ४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

Newslaya Home

देशभर थप १३ सय ४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

बिहीबार १८, मङि्सर २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,३४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

झन्डै ९,३०० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा १३ जनाको कोरोनाका कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,३७,५०० नाघेको छ।

तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।

मन्त्रालयले बिहीबार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १५,७६६ जनामा सक्रिय सङ्क्रमण छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,५५१ सङ्क्रमितको मृत्यु भएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।