भद्रपुर नगरपालिकाले सार्वजनिक गर्‍यो कोरोना खर्च विवरण

Newslaya Home

भद्रपुर नगरपालिकाले सार्वजनिक गर्‍यो कोरोना खर्च विवरण

बिहीबार १८, मङि्सर २०७७

झापा । झापाको भद्रपुर नगरपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि भएको विवरण सार्वजनिक गरेको छ ।

भद्रपुर नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्री खरिद, राहत वितरणलगायतका शीर्षकमा ६५ लाख ९० हजार ४७७ रुपैयाँ खर्चिएको हो ।

कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न शीर्षकमा रकम संकलन भएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले जानकारी दिए ।

नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि ४१ लाख दुई हजार, क्वारेन्टाइन, होल्डिङ सेन्टर निर्माण तथा व्यवस्थापनमा १३ लाख ८३ हजार, औषधि एवं स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा ७४ हजार, मेची अंचल प्रादेशक अस्पतालको सहयोगमा आइसोलेसन केन्द्र निर्माण र व्यवस्थापनमा तीन लाख र विविधमा ६४ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।