खाँदबारीमा बहुला कुकुरको टोकाइबाट ६ जना घाइते

Newslaya Home

खाँदबारीमा बहुला कुकुरको टोकाइबाट ६ जना घाइते

बिहीबार १८, मङि्सर २०७७

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी –३ को मानेभञ्याङ बजारमा कुकुरको टोकाइबाट ६ जना घाइते भएका छन् ।

मानेभञ्याङ बजारमा बहुला कुकुरको टोकाइबाट स्थानीय हिमला राई, रोहित पौडेली, पुरन विश्वकर्मा, बालकुमार घिमिरे, नाम नखुलेका सात वर्षीय बालक र विमान रसाईली घाइते भएको जानइएको छ ।

कुकुरको टोकाइबाट गम्भीर घाइते भएका सात वर्षीय बालकको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरानको वीपी प्रतिष्ठान रेफर गरिएको बताइएको छ । कुकुरले टोकेका सबैलाई जिल्ला अस्पतालबाट निःशुल्क रेबिजविरुद्वको खोप दिइएको छ ।

एउटै कुकुरले बिहान र बेलुकीको समयमा टोकेको हो । त्यो कुकुर अझै पनि फेला नपरेको वडाध्यक्षले बताए ।