पूर्व–गृहमन्त्री स्वाँरको निधन

Newslaya Home

पूर्व–गृहमन्त्री स्वाँरको निधन

बिहीबार १८, मङि्सर २०७७

काठमाडौँ । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको ९५ वर्षको उमेरमा बिहीवार(आज) निधन भएको छ ।

नैनबहादुर स्वाँर पुराना राजनीतिज्ञ हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वउपाध्यक्ष हुन् । उनी पञ्चायती व्यवस्था छँदा पटक–पटक मन्त्रीदेखि राष्ट्रिय पञ्चायत अध्यक्ष भएका थिए । राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए ।

कोरोना संक्रमण मुक्त भएको केही दिनमै उनको निधन भएको बताइएको छ । उनका दुई छोरा र चारजना छोरी छन् ।