गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

Newslaya Home

गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

बिहीबार १८, मङि्सर २०७७

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोक घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको जनाइएको छ । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको जनाइएको छ ।
घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।