भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो

Newslaya Home

भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो

बिहीबार १८, मङि्सर २०७७

काठमाण्डौ । भारतमा कोरोना संक्रमित हुनेको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको छ ।

भारतमा २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ ।

भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ ।