काठमाडौँमा कुकुर दर्ता अनिवार्य

Newslaya Home

काठमाडौँमा कुकुर दर्ता अनिवार्य

बिहीबार १८, मङि्सर २०७७

काठमाडौँ । महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने भएको छ ।

घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागिएको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ ।