यस्तो छ आजको मौसम

Newslaya Home

यस्तो छ आजको मौसम

बिहीबार १८, मङि्सर २०७७

काठमाडौं । बिहीबार मुलुकभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मुलुकभरको मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राति लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।