विवाह गर्दै स्वेता खड्का

Newslaya Home

विवाह गर्दै स्वेता खड्का

बिहीबार १८, मङि्सर २०७७

काठमाडौ । स्व. नायक श्र्रीकृष्ण श्रेष्ठकी श्रीमती नायिका श्वेता खड्काले विवाह गर्ने भएकी छिन् । मंसिर २२ गते बिहे गर्नको लागि उनले निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाँडेकी छिन् ।

उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । 

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् ।