बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

काठमाण्डौ । बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ।
६४ वर्षीय देओल हाल आइसोलेसनमा बसेका छन्। स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्। साथै उनले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा आवश्यकताअनुसार कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।
देओल केही दिनदेखि हिमाचल प्रदेशको कुल्ली क्षेत्रमा बसेका छन्। हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फ्राम हाउसमा आराम गर्न गएका थिए।
मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता देओलमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।