मुख्यमन्त्री राईले गरे इटहरी अस्पतालको शिलान्यास

Newslaya Home

मुख्यमन्त्री राईले गरे इटहरी अस्पतालको शिलान्यास

सोमबार १५, मङि्सर २०७७

इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरीमा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरेका छन् ।

सोमबार एक कार्यक्रमका बीच राईले इटहरी–९ स्थित इटहरी अस्पतालको प्राङ्गणमा नव निमार्ण अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

नयाँ सहरको रूपमा उदाएको इटहरीका विकासको हिसाबले अगाडि बढेको उदृत गर्दै उनले उक्त कामको थालनी हुनु सराहनीय रहेको बताए । साथै उनले प्रदेश १ मा आगामी ६ महिनासम्ममा करीब १८ वटा सडकको उद्घाटन समेत गरिने जानकारी दिए ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने उद्देश्यले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत १८ करोड ६८ लाख २ हजारमा निर्माण सम्पन्न गरिने गरि अस्पतालको काम अगाडि बढाईएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

इटहरीमा हालसम्म १० वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गरि सकिएको बताउँदै अबको ६ महिनाभित्र ५ वटाको पनि शिलान्यास गरिने बताए ।