न्याय परिषद् सदस्यमा धरानका श्रेष्ठ नियुक्त

Newslaya Home

न्याय परिषद् सदस्यमा धरानका श्रेष्ठ नियुक्त

सोमबार १५, मङि्सर २०७७

काठमाडौं । सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम श्रेष्ठलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज (सोमबार) जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।