श्रीलङ्काको जेलमा दङ्गा हुँदा छ जनाको मृत्यु

Newslaya Home

श्रीलङ्काको जेलमा दङ्गा हुँदा छ जनाको मृत्यु

सोमबार १५, मङि्सर २०७७

काठमाण्डौ । श्रीलङ्काको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको जानइएको छ ।

माहारा कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा ६ जनाको मृत्यु र ५२ जना घाइते भएको बताइएको छ। श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै एक हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।