ज्यान मुद्दाका फरार प्रतिवादी साढे १३ वर्षपछि उर्लाबारीबाट पक्राउ

काठमाडौं । सुनसरीमा प्रहरीले साढे १३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको रामधुनी नगरपालिका–६ घर भई मोरङको उर्लाबारी नगरपालिका–५ मा डेरा गरी बस्ने ३२ वर्षीय कृष्णराज धामीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उर्लाबारी–५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत सुनसरीमा बुझाएकोमा अदालतले झुम्कास्थित कारागार कार्यालय पठाउन आदेश दिएको छ।
अदालतले २०७१ साउन २९ गते उनलाई २० वर्षकै सजायको फैसला सुनाएको छ। २०६४ वैशाख २८ गते राति साविकमा चाँदबेला गाविस–७ मधेसा टोलस्थित साथीको विवाहमा जन्ती गएका जिल्लाकै साविक एकम्वा गाविस–४ का सुरेनकुमार ठाकुरलाई कृष्णराजसहित पाँच जनाले छुरा प्रहार गरी हत्या गरेको बताइएको छ।