आज १२ सय ५५ जना कोरोना संक्रमित थपिए, २५ जानको मृत्यु

Newslaya Home

आज १२ सय ५५ जना कोरोना संक्रमित थपिए, २५ जानको मृत्यु

आइतबार १४, मङि्सर २०७७

काठमाडौं । नेपालमा आइतबार(आज) थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार एकैदिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

गत २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ। हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।