अफगानिस्तानमा बम आक्रमण हुँदा २६ सुरक्षाकर्मीको मृत्यु

Newslaya Home

अफगानिस्तानमा बम आक्रमण हुँदा २६ सुरक्षाकर्मीको मृत्यु

आइतबार १४, मङि्सर २०७७

काठमाण्डौ । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिए । उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।