बलात्कार आरोपित बालकलाई कैद सजाय

Newslaya Home

बलात्कार आरोपित बालकलाई कैद सजाय

शनिबार १३, मङि्सर २०७७

सप्तरी । तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला भएको छ । खेल्ने क्रममा ती बालकले ०७६ साल भदौ ६ गते बालिकामाथि बलात्कार गरेका थिए ।

गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार फैसला भएको जिल्ला अदालतले जनाएको छ । बलात्कारपछि बालिकाले भनेको आधारमा उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।