देशभर थप १७ सय ३ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर १,७०३ जना मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सङ्क्रमितमध्ये पुरुष १,००७ जना र महिला ६९६ रहेका छन्।
उक्त अवधिमा २३ जनाको कोभिड–१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २९ हजार नाघेको छ।
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।