टाउकोको अपरेशन गर्दा पेट चिरिएको शवको पोष्टमार्टम गरियो

धरान । जलाउने बेलामा पेटमा टाँका मारेको देखेपछि शवको पोष्टमार्टम गरिएको छ । टाउको अप्रेशन गर्दा मृत्यु भएको व्यक्तिको शव जलाउने क्रममा पेट चिरिएको भेटिएको थियो ।
मोरंगको केराबारीबाट उक्त शव सोमबार राती धरान ल्याइएको थियो । बुधबार दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम गरिएको थियो ।
मोरङको केराबारी ९ बेलचौरीका ३० बर्षीय बिक्की ऋषिदेवको शनिबार टाउकोको शल्यक्रियाको क्रममा नोबेल मेडिकल कलेजमा निधन भएको थियो । राती शवको अन्त्येष्टी गर्ने बेला पेटमा टाँका लगाएको देखिएको थियो ।
पेट चिरिएको देखेपछि स्थानीयबासीले आशंका व्यक्त गरेका थिए । त्यसपछि मृतकको शव चिताबाट उठाएर वीपी प्रतिष्ठान धरान ल्याइएको थियो । हिजो मृतकको परिवारले प्रहरीमा निवेदन दिएपछि पोष्टमार्टम प्रक्रिया अघि बढेको थियो ।
तस्वीर : अनलाइनखबर