फुटबल स्टार म्याराडोनाको निधन, पेलेले भने, ‘अब हामी स्वर्गमा सँगै बल हान्नेछौं

काठमाडौं । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । कार्डियाक एरेस्टका कारण आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो।
पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । म्यारोडोनाको निधनले फुटबलका महान हस्तीको निधन भएको भन्दै संसारभरबाट दुःख प्रकट गरिएको छ । यसै बिच फुटबलका अर्का उत्कृष्ट खेलाडी पेलेले म्याराडोनाको निधनप्रति गहिरो दुस्ख व्यक्त गरेका छन्।
विज्ञप्ति जारी गर्दै उनले कुनै दिन आफूहरु स्वर्गमा सँगै फुटबल हान्ने अभिव्यक्ति दिएका छन् ।