जिउँदो सालकसहित सशस्त्र प्रहरी जवान पक्राउ

Newslaya Home

जिउँदो सालकसहित सशस्त्र प्रहरी जवान पक्राउ

बुधबार १०, मङि्सर २०७७

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित सशस्त्र प्रहरीका जवान र अर्का एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सशस्त्र जवान धादिङ सिद्धलेक गाउँपालिका–३ झार्लाङदी घर भई काठमाडौं–२६ लैनचौर बस्ने ३१ वर्षीय भिमबहादुर मगर र कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटीएम कार्ड, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भिमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत बरामद गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

विशेष सूचनाको आधारमा प्रहरीले उक्त सालक लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सालकको विषयमा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भक्तपुर पठाइने प्रहरीले जनाएको छ । बरामद गरेको सालकले एउटा बच्चा समेत जन्माएको प्रहरीले जनाएको छ ।