देशभर थप १९ सय ४८ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

Newslaya Home

देशभर थप १९ सय ४८ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

बुधबार १०, मङि्सर २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,९४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २८ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ९,२१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार नाघेको छ।

तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन्।

मन्त्रालयले बुधबार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १६,६३९ जनामा सक्रिय सङ्क्रमण छ।

अहिलेसम्म देशभिर १,३८९ सङ्क्रमितको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।

तीमध्ये ५१७ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।