सुन तोलामा एक हजार रुपैयाँले सस्तियो

काठमाडौं । सुनको भाउ एकै दिन एक हजार रुपैयाँले सस्तिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको हो ।
महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ ।
मंगलबार छापावल सुनको भाउ ९२ हजार पाँच सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले सस्तिएको छ । मंगलबार एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदीको बुधबारको भाउ एक हजार १७५ रुपैयाँ तोकिएको छ ।