कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्र

Newslaya Home

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्र

बुधबार १०, मङि्सर २०७७

काठमाडौँ । कक्षा १२ को परीक्षाको परीक्षाफल एक महिनाभित्रै प्रकाशित हुने भएको छ । परीक्षा ढिलो संचालन भए पनि नतिजा भने चाँडै निकाल्ने तयारी गरिएको परीक्षा बोर्डले जानकारी दिएको छ ।

जारी परीक्षाको पूर्णाङ्क प्रयोगात्मक विषयबाहेक ४० रहेको छ । परीक्षामा सोधिएका प्रश्नहरुको मोडल पुरानै भए पनि प्रश्न संख्या भने घटेका छन् । त्यस्तै, परीक्षार्थीले जम्मा डेढ घण्टामात्रै परीक्षा दिँदै आएका छन् ।