मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरंग । मोरङको कानेपोखरी ६ नर्सरी डाँडामा ट्याक्टरको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ।
स्थानीय २८ वर्षीय हेमकुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको हो । को २ त ८५६ नम्बरको ट्याक्टरले को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको थियो ।
ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।