लाइसेन्सको ट्रायल अनिश्चित

Newslaya Home

लाइसेन्सको ट्रायल अनिश्चित

बुधबार १०, मङि्सर २०७७

काठमाडौ । ड्राइभिङ लाइसेन्सको ट्रायल अनिश्चित बनेको छ । कोरोना संक्रमणका कारण चैतदेखि रोकिएको ट्रायल खुलाउने बारे अहिलेसम्म कुनै निर्णय नभएको हो ।

अहिलेसम्म कुनै पनि प्रदेशमा सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स)का लागि ट्रायल खुल्ला गरिएको छैन । विभागले पनि खुल्ला गर्नका लागि प्रदेश कार्यलयहरुलाई निर्देशित गरेको पनि छैन ।

चालक अनुमति पत्रको लिनका लागि सवारी धनीहरु ट्रायलको पर्खाइमा रहेका छन् । कोरोनाको कारण देखाउँदै प्रादेशिक यातयात कार्यलयहरुले पनि कुनै तातो देखाएका छैनन् ।