बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी

Newslaya Home

बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी

बुधबार १०, मङि्सर २०७७

काठमाडौं । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि तनाव सृजना हुननदिन स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि (बिहीबार) बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।