भारतद्वारा थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

Newslaya Home

भारतद्वारा थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

बुधबार १०, मङि्सर २०७७

काठमाडौं । भारत सरकारले थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् ।

भारत सरकारको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो ।

यसअघि पनि भारत सरकारले चीनसँगको तिखो सम्बन्धका बीच सबैभन्दा पहिलो जूनमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि सरकारले अर्कोपटक थप ४७ एप्समाथि प्रतिबन्ध लगाएको थियो । सप्टेम्बर महिनामा एकपटक पुनः पबजीसमेत ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।