मेस्सी बिनाको बार्सिलोना ४–० ले विजयी

Newslaya Home

मेस्सी बिनाको बार्सिलोना ४–० ले विजयी

बुधबार १०, मङि्सर २०७७

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सी बिना मैदान उत्रिएको बार्सिलोनाले शानदार जित हात पारेको छ ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा डिनामो किएभमाथि ४ गोल गरेको हो । यो जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।​

अवे मैदानमा भएको खेलमा समूह जीको बार्सिलोनाका लागि सेर्गिनो डेस्टले ५२ औँ मिनेटमा पहिलो गोल गरे । ५७ र ७० औं मिनेटमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए ।

त्यसैगरी खेलको इन्जुरी समयमा एन्टोनी ग्रिजम्यानले थप एक गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भएको हो ।

लिग अन्तर्गत समूह चरणका चार खेलमा जित दर्ता गर्दै बार्सिलोनाले १२ अंक बनाएको छ ।

बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान मेस्सीसँगै फ्रान्क डी जोङलाई यो खेलमा नअटाएर आराम दिएका थिए ।