चर्चित नाटक ‘बोक्सीको घर’को कथामा फिल्म बन्ने, केकी अधिकारी मुख्य भूमिकामा देखिँदै

Newslaya Home

चर्चित नाटक ‘बोक्सीको घर’को कथामा फिल्म बन्ने, केकी अधिकारी मुख्य भूमिकामा देखिँदै

मङ्गलबार ०९, मङि्सर २०७७

काठमाडौं । केही वर्ष अघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कथामा फिल्म निर्माण हुने भएको छ । अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन् । अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको वि.सं २०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।

फिल्म भने भारतीले सुब्रतराज आचार्यसँगको सहकार्यमा निर्देशन गर्न लागेकी हुन् । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने छनौटको क्रममा छ । ‘बोक्सीको घर’ को निर्माता वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारी र कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।