भर्चुअल विधिबाट वार्षिक साधारणसभा गर्दै किसान कल्याण सहकारी संस्था

Newslaya Home

भर्चुअल विधिबाट वार्षिक साधारणसभा गर्दै किसान कल्याण सहकारी संस्था

मङ्गलबार ०९, मङि्सर २०७७

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भर्चुअल विधिबाट १९ औं वाार्षिक साधारणसभा गर्ने भएको छ । सहकारीले यहि मंसिर १३ गते शनिबार दिउँसो ११ बजदेखि भर्चुअल विधिबाट साधारण सभा गर्न लागेको सहकारीका अध्यक्ष शालिकराम ढकालले जानकारी दिएका छन् ।

साथै अध्यक्ष ढकालले एरिना टेलिभिजन, सुनसरी सामुदायिक रेडियो र संस्थाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाउँदै सम्पूर्ण सदस्यलाई प्रत्यक्ष प्रसारणमा जोडिन आग्रह समेत गरेका छन् । कोरोना माहामारीका कारण साधारणसभा भर्चुअल विधिबाट गरिन लागेको उनले जनाए ।

इटहरी बजार, खनार, रामधुनीको झुम्का बजार, बराहक्षेत्रको बयरबन, बांगेबजार, राजाबास गरी ६ वटा सेवा केन्द्रहरु सञ्चालन रहेको यो सहकारीमा साढे १२ हजार सदस्यहरु छन् ।