विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

Newslaya Home

विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मङ्गलबार ०९, मङि्सर २०७७

मोरङ । विराटनगर–१३ कोशीप्रोजेक्टमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

मंगलबार दिउँसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री विराटनगर–१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हाल ठक्कर दिने मोटरसाईकल र चालक विराटनगर–१५ का देवी प्रसाद अधिकारी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।