उत्तरी अफगानिस्तानमा हवाई आक्रमण, ६ जनाको मृत्यु

Newslaya Home

उत्तरी अफगानिस्तानमा हवाई आक्रमण, ६ जनाको मृत्यु

मङ्गलबार ०९, मङि्सर २०७७

काठमाण्डौ । अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तमा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

अफगान वायु सेना (एएएफ) ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर घाइते भएको बताएको छ ।

अफगान सेनाले देशभित्र हिंसात्मक झडपका घटनामा वृद्धि हुँदै गएपछि यस वर्षको शुरुदेखि नै देशका विभिन्न स्थानमा तालिबान विद्रोही विरुद्ध सैनिक कारबाही गरिरहेको छ ।