झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Newslaya Home

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सोमबार ०८, मङि्सर २०७७

झापा । झापा प्रहरीले श्रीमती हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।

झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणि भण्डारी आफ्नै ३९ बर्षीया श्रीमती टीकादेवी पौडेललाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।
आइतबार दिउँसो टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका थिए ।

दाहालसँगै काम गरेको देखेपछि आवेशमा आएका टीकाका श्रीमान चुडामणिले दुवै जनालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टीकाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

खुकुरी प्रहारबाट घाइते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।