आजबाट सुनसरीका होटल राति साढे ९ बजेसम्म खोल्न पाइने

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले राति साढे ९ बजेसम्म होटल खोल्न अनुमति दिएको छ ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले इटहरी, धरान, झुम्का, इनरुवा लगायत जिल्लाका सबै होटलहरु साढे ९ बजेसम्म खोल्न अनुमति दिएको जानकारी दिए ।
यसअघि कोरोना भाइरसको कारण देखाउँदै प्रशासनले जिल्लामा सञ्चालित होटलहरु ८ बजे बन्द गराउँदै आएको थियो ।
यसअघि प्रहरीले पनि व्यवसायीलाई सहज ढंगबाट व्यवसाय गर्न नदिएको आरोप लाग्दै आएको थियो ।
आज (आइतबार) बाट लागू हुनेगरी सुनसरीका सबै होटलहरु साढे ९ बजेसम्म सञ्चालन गर्ने अनुमति पाएसँगै होटल व्यवसायीहरु उत्साहित भएको होटल व्यवसाय संघ इटहरीका अध्यक्ष पराजुलीले बताए ।