कमेडियन भारतीको घरबाट गाँजा बरामद, पति–पत्नी एनसीबीको हिरासतमा

Newslaya Home

कमेडियन भारतीको घरबाट गाँजा बरामद, पति–पत्नी एनसीबीको हिरासतमा

शनिबार ०६, मङि्सर २०७७

काठमाडौँ । बलिउडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी)ले कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा छापा मार्दा गाजा बरामद गरेको छ ।

एनसीबीले मुम्बईमा कैयौ ठाउमा छापा मार्ने क्रममा कमेडियन भारतीको घरमा छापा मारेको र घरमा गाजा भेटिएपछि दुवैलाई बयानका लागि लगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय समाचार एजेन्सीले एनएनआइका अनुसार शनिबार बिहान एनसीबीले छापा मार्दा गाजा बरामद भएको र दुवै पति पत्नीलाई बयानका लिएर गएको उल्लेख गरेको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिउड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ ।

एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेता अर्जुन रामपाल, अभिनेत्री दीपिका पादुकोने, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।