आज थप १६ सय ७४ जनामा कोरोना पुष्टि, सात जनाको मृत्यु

Newslaya Home

आज थप १६ सय ७४ जनामा कोरोना पुष्टि, सात जनाको मृत्यु

शनिबार ०६, मङि्सर २०७७

काठमाण्डौ । नेपालमा विगत २४ घण्टामा १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ। अहिले देशभरि २४,००९ जनामा सक्रिय सङ्क्रमण छ।

सरकारको तथ्याङ्कअनुसार १,९३,३२५ जना निको भइसकेका भने १,३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।