बलिउड ड्रग्स केसः कमेडियन भारतीको घरमा छापा

Newslaya Home

बलिउड ड्रग्स केसः कमेडियन भारतीको घरमा छापा

शनिबार ०६, मङि्सर २०७७

काठमाण्डौ । बलिउड ड्रग्स केसमा कमेडियन भारती सिंह पनि मुछिएकी छिन् । भारतीको अन्धेरीस्थित घरमा नारकोटिक्स कन्ट्रोल ब्युरोले छापा मारेको छ ।

यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ । पछिल्लो समय एनसीबीले ड्रग्स केसमा कैयौं स्टारहरुलाई निशाना बनाएको छ । हालै अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो ।