भारतमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

Newslaya Home

भारतमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

शनिबार ०६, मङि्सर २०७७

काठमाण्डौ । भारत उत्तर प्रदेशको प्रयागराजमा विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएको छ। १५ जनाको अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

सुरुमा शुक्रबार बिहान एकजनाको बिमारी भएपछि अस्पताल लगिएको थियो। अबेर राति उनको मृत्यु भयो। त्यसपछि अरु पनि क्रमशः बिरामी हुन थालेको जनाइएको छ ।

मदिरा बिक्री गर्ने पसल सञ्चालक र सेल्सम्यान प्रहरी नियन्त्रणमा छन्। सबैले शुक्रबार गाउँकै एक होलसेल पसलबाट मदिरा खरिद गरेका थिए।