अमेरिकामा एकैदिन २ हजारभन्दा बढिको मृत्यु

Newslaya Home

अमेरिकामा एकैदिन २ हजारभन्दा बढिको मृत्यु

शनिबार ०६, मङि्सर २०७७

काठमाण्डौ । अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ ।

पछिल्ला २४ घण्टामा कोरोनाका कारण दुई हजार मानिसको मृत्यु भएको छ । यो गत मे यताकै उच्च मृतक संख्या हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७ हजारमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट २ लाख ६० हजारले ज्यान गुमाइसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर पनि संक्रमित भएका छन् ।