शिवम् सिमेन्ट उद्योगमा आगलागी

Newslaya Home

शिवम् सिमेन्ट उद्योगमा आगलागी

शनिबार ०६, मङि्सर २०७७

हेटौँडा । हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार (आज) बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको जनाइएको छ । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।