तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने ‘श्री सदन’ खुला गरिँदै

Newslaya Home

तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने ‘श्री सदन’ खुला गरिँदै

शनिबार ०६, मङि्सर २०७७

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास अवलोकनका लागि खुला गरिने भएको छ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर ‘श्री सदन’ शनिबार (आज) दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुला भएको औपचारिक शुभारम्भ गर्ने जनाइएको छ ।

तर सर्वसाधारण नागरिकले भोलि (आइतबार) देखि श्रीसदन अवलोकन गर्न जनाइएको छ । २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएदेखि श्री सदन बन्द छ।

तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा श्री सदन भवन निर्माण गरिएको थियो। युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट श्रीसदन सरेका थिए।

तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिल र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदन सरेका थिए।

आइतबारदेखि ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत सर्वसाधरणले अवलोकन गर्न पाउने गरी खुला हुने बताइएको छ।