जाडो मौसममा अनुहारमा चमक कसरी ल्याउने ?

Newslaya Home

जाडो मौसममा अनुहारमा चमक कसरी ल्याउने ?

शनिबार ०६, मङि्सर २०७७

मानिसको सौन्दर्यता वर्णन गर्न अनुहारमा चमक ल्याउनु जरुरी हुन्छ । सरसफाइमा ध्यान दिनुका साथै अनुहारको सुन्दरतामा पनि ध्यान दिनुपर्छ । विशेषगरी जाडो मौसममा अनुहारमा फुस्रोपना बढी हुने भएकाले ध्यान पुर्याउन जरुरी हुन्छ ।

अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। ब्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत गर्छ।

– दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

– एक चम्चा मह अनुहारमा लगाउने। ९यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ० १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।

– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

– डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।

– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

– काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।

– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।