यस्तो छ आजको मौसम पूर्वानुमान

Newslaya Home

यस्तो छ आजको मौसम पूर्वानुमान

शनिबार ०६, मङि्सर २०७७

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।