एकैदिन दुई चलचित्र निर्माताको निधन

Newslaya Home

एकैदिन दुई चलचित्र निर्माताको निधन

शनिबार ०६, मङि्सर २०७७

काठमाडौं । चलचित्र निर्माता तथा कलाकार रम्भा ओलीको निधन भएको छ । ओलीको हृदयघातका कारण शुक्रबार साँझ नर्भिक अस्पतालमा निधन भएको रंगपत्रकार लक्ष्मण सुवेदीले जानकारी दिएका छन् ।

५० बर्षीय ओलीले बुबाआमा, सुर्यचन्द्र, वीरलगायत चलचित्र निर्माण गरेका छन् । उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिएको छ ।

त्यस्तै अर्का निर्माता उदय पुनको पनि शुक्रबार नै निधन भएको छ । उनको निधन भएको निर्माता, प्रदर्शन प्रदीप कुमार उदयले जानकारी दिए । पछिल्लो समय फिल्म क्षेत्र बाहिर रहेका पुनले ‘पैसाको धम्की’, ‘सारङ्गी’लगायत फिल्म निर्माण गरेका थिए ।