जनसेवा युवा क्लबको दोस्रो साधारणसभा सम्पन्न

Newslaya Home

जनसेवा युवा क्लबको दोस्रो साधारणसभा सम्पन्न

शनिबार ०६, मङि्सर २०७७

लेटाङ । मोरङको लेटाङमा रहेर सामाजिक कार्यमा सक्रिय जनसेवा युवा क्लबले शुक्रबार आफ्नै खेलमैदानमा दोस्रो साधारणसभा सम्पन्न गरेको छ । कोरोना महामारीका बीच उच्च सतर्कता र सुरक्षा विधिसहित संस्थाले प्रतिनिधिमूलक कार्यक्रम सम्पन्न गरेको हो ।

लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५ नं. वडा अध्यक्ष भुम सुर्य मगर, वडा सदस्यहरु, टोल विकास संस्था अध्यक्षहरु, विभिन्न संघ संस्था प्रतिनिधि तथा क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाको आ.व. २०७६/७७ को प्रगति प्रतिवेदन र आ.व. २०७७/७८ का लागि प्रस्तावित कार्यक्रममाथि छलफल गरि पारित भएको छ ।