बीबीसी ‘मास्टर सेफ’ प्रतियोगिताको सेमिफाइनलमा नेपालका सन्तोष साह

Newslaya Home

बीबीसी ‘मास्टर सेफ’ प्रतियोगिताको सेमिफाइनलमा नेपालका सन्तोष साह

शुक्रबार ०५, मङि्सर २०७७

लन्डन । नेपाली सेफ सन्तोष साह बीबीसीको प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

सेमिफाइनलमा तीन जना सेफबिच प्रतिष्पर्धा हुनेछ ।

क्वार्टरफाइनलमा सन्तोषले ‘स्टार्टर’ मा टिमुर स्पाइस्ड अक्टपस विथ सिस्नु र आलुको तरकारी, भाङको चटनी र कर्कलोको पातको परिकार बनाएका थिए ।

त्यस्तै, मेन कोर्समा उनले पोलेको भेडाको मासु, खसीको झोल, बेथेको साग, गहुँको रोटी र माछा, तामाको अचारलगायत परिकार बनाएर प्रदर्शन गरेका थिए ।

सिरहाबाट १५ वर्षको उमेरमा भारत पुगेर पाँच तारे होटलको एक्जुकेटिभ सेफ बन्न सफल उनी वर्क पर्मिटमा सन् २०१० अन्त्यतिर लन्डन पुगेका थिए । अहिले उनी संयुक्त अधिराज्यस्थित प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलहरुमा उच्च तहको सेफका रुपमा कार्यरत छन् ।

भारतीय कुइजिनमा करिब दुई दशक बिताएपछि अहिले सन्तोष नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानमा छन् ।