स्वासप्रस्वासमा समस्या देखिएपछि खाँदबारीका मेयरलाई हेलिकप्टर चार्टर्ड गरी काठमाण्डौ लगियो

Newslaya Home

स्वासप्रस्वासमा समस्या देखिएपछि खाँदबारीका मेयरलाई हेलिकप्टर चार्टर्ड गरी काठमाण्डौ लगियो

शुक्रबार ०५, मङि्सर २०७७

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा गम्भीर बिरामी परेका छन् । उनलाई उपचारको लागि हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ लगिएको छ ।

शुक्रबार स्वास्थ्यमा खराबी आएपछि मेयर खतिवडालाई काठमाण्डौ लगिएको हो ।

केही दिन अघिदेखि सामान्य बिरामी परेका खतिवडालाई शुक्रबार बिहान एक्कासी ज्वरो आउने, श्वासप्रश्वास र घाँटीमा समस्या देखिएपछि उपचारका लागि हेलिकप्टर चार्टर्ड गरेर काठमाण्डौ लगिएको हो ।

मेयर खतिवडाका साथमा उहाँका स्वकीय सचिवका भाइ सन्देश चापागाईँलाई समेत उस्तै समस्या देखा परेको बताइएको छ ।