चलचित्र ‘प्रसाद’ युटुबमा सार्वजनीक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘प्रसाद’ युटुबमा सार्वजनीक (भिडियोसहित)

शुक्रबार ०५, मङि्सर २०७७

काठमाण्डौ । चलचित्र ‘प्रसाद’ युटुबमा सार्वजनीक भएको छ । सार्वजनिक भएको २१ घन्टामा ५ लाख ६५ हजार भन्दा बढी पटक हेरिएको यो चलचित्र नेपालको युटुब ट्रेन्डिङको ५ नम्बरमा छ ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा सुभाष थापाको लगानी छ ।