सुनसरी, मोरङका समेत गरी विभिन्न उद्योगका स्यानेटाईजर बिक्रीमा प्रतिबन्ध

Newslaya Home

सुनसरी, मोरङका समेत गरी विभिन्न उद्योगका स्यानेटाईजर बिक्रीमा प्रतिबन्ध

शुक्रबार ०५, मङि्सर २०७७

काठमाडौं । औषधि व्यवस्था विभागले सुनसरी र मोरङका गरी ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ ।

विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।

मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।

सीता हर्बल सुनसरी, मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।